काठमाडौं । कारको बजारमा नयाँ तरङ्ग ल्याउन सक्ने युरोपियन बजार ईभीमय बनेको धेरै भइसकेको छ । युरोपियन बजारमा चिनियाँ ब्राण्डलाई रोक्न युरोपियन युपियनले थप कर लगाएसँगै चीन उत्पादकले बलियोसँग काम गर्न सकेनन् ।
युरोपको ईभी बजारमा सबैभन्दा बलियो टेस्ला देखियो । टेस्लाको मोडल वाई र मोडल थ्री सबैभन्दा धेरै बिक्री भएको टप दुई मोडल बनेको छ । अमेरिकी कम्पनी टेस्लाको मोडल वाई २ लाख ९ हजार २१४ युनिट बिक्री हुँदा मोडल थ्री १ लाख १२ हजार ७८९ युनिट भएको थियो ।
स्वीडेनको ब्राण्ड भोल्भोले सन् २०२४ मा ७८ हजार युनिट कार बिक्री गर्दा स्कोडा इन्याक ६८ हजार ८७४ युनिट बिक्री भएको थियो । युरोपकै अर्को ब्राण्ड फक्सावगेन आइडी-फोर ६४ हजार ७५६ युनिट बिक्री हुँदा आइडी थ्री ५४ हजार ५३१ युनिट बिक्री हुँदै पाँचौ र छैटौं स्थान सुरक्षीत गर्न सफल भएको छ ।
जर्मन ब्राण्ड बीएमडब्लूले पूरै युरोपमा ५२ हजार २८३ युनिट आइएक्स-वान बिक्री गरेको छ । उक्त बिक्रीसँगै आइएक्स-वान सातौं धेरै बिक्री हुने मोडल भएको हो ।
एमजीले चीनमा उत्पादन गरेको ५१ हजार ७७५ युनिट एमजी-फोर बिक्री गरेर आठौं स्थान सुरक्षीत गरेको छ । नवौं स्थानमा अउडी क्यू-फोर परेको छ । उसले १ वर्षमा ४८ हजार ९४ युनिट कार बिक्री गरेको हो ।
सूचीको १० औं स्थानमा ४५ हजार ६२ युनिट सहित बीएमडब्लू आइ-फोर रहँदा एघारौं स्थानमा ४३ हजार ८३ युनिट सहित मर्सिडिज बेन्ज इक्यूए परेको छ ।
कुप्रा वर्न ४१ हजार २३१ युनिटसहित बाह्रौं स्थानमा पर्दा ३९ हजार ९९५ युनिटसहित भोल्भो इएक्स-४० तेह्रौं स्थानमा छ ।
हुन्डाई कोना ईभी ३६ हजार ४५० युनिट सहित चौधौं, प्यूजो २००८ ईभी ३५ हजार ४५९ युनिट सहित पन्ध्रौं र मर्सिडिज बेन्ज इक्यूबी ३३ हजार १८८ युनिटसहित सोह्रौं स्थानमा छ ।
सत्रौं स्थानमा रहेको फक्सवागेन आईडी-७ को बिक्री ३२ हजार २१८ युनिट भएको थियो । रेनोले ३१ हजार ४४५ युनिट मेगान ईभी बिक्री गर्दा फियाट ५०० मोडल २९ हजार १५० युनिट बिक्री भएको थियो ।
सूचीको बीसौं स्थानमा रहेको किया निरो २५ हजार ६१६ युनिट बिक्री भएको तथ्यांक जाटो डाइनामिक नाम डेटा एजेन्सीले प्रकाशित गरेको छ ।
यी मध्ये एमजी फोर, टेस्ला मोडल थ्री, मोडल वाई, हुन्डाई कोना मात्रै नेपाली बजारमा उपलब्ध छन् ।


