५ ढोका भएको जिम्नी जापानमा ‘हारालुछ’

काठमाडौं । मारुती सुजुकीले भारतमा बनाएर जापान निर्यात गरेको सुजुकी जिम्नी जापानमा ‘हारलुछ’ भएको छ । जिम्नीको पाँच ढोका भएको मोडल भारतमा बनाएर जापान निर्यात गर्न थालेको हो ।

सन् २०२५ जनवरी ३० मा जापानमा बिक्री सुरु भएको जिम्नी भारतमा बनेर जापान निर्यात हुने तेस्रो मोडल हो । यसअघि कम्पनीले पहिलो कम्प्याक्ट एसयूभी फ्रङ्क्स र प्रिमियम ह्याचव्याक बलेनो जापान निर्यात गरेको थियो ।

भारतमा राम्रो बजार पाउन नसकेपनि जापानी बजारमा भने धेरै संख्यामा जिम्नीको बुकिङ भएको छ । जापानमा बुकिङ सुरु भएको जिम्नी ४ दिनमै ५० हजार युनीट बुकिङ भएको हो ।

चार दिनमै ५० हजार बुकिङ भएपछि जिम्नीको बुकिङ नै बन्द भएको जापानी समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । जापानमा भएको बुकिङ अुनसार अब जिम्नीको वेटीङ पिरीयड ३.५ वर्ष पुगेको छ ।

जिम्नी विश्वको करिब १०० देशमा बिक्री भइरहेको ग्लोबल अफरोड मोडल हो । लाइफ स्टाइल अफरोड भेहिकलको पहिचान बनाएको जिम्नी नेपालमा पनि बिक्री हुँदै आएको छ ।

भारतलाई उत्पादन हब बनाएर रणनीतिक फाइदा उठाउँदै आएको सुजुकीले छिटै ग्लोबल मार्केटको लागि पहिलो इलेक्ट्रीक एसयूभी ई–भिटारासमेत भारतमा उत्पादन सुरु गर्ने भएको छ ।


Back_to_top