५४ लाखभन्दा कममै बिक्री सुरू भयो नयाँ दीपल एस ०५ प्लस

काठमाडौं । नेपाली बजारमा नयाँ दीपल एस ०५ प्लसको बिक्री सुरू भएको छ । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले एस ०५ प्लसको २०२६ मोडल बिक्री सुरू गरेको हो ।

कम्पनीले नयाँ एस ०५ को मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । रियर ह्वील ड्राइभमा आएको नयाँ एस०५ प्लस उन्नत प्रविधि, फ्युचरिस्टिक डिजाइन र सुरक्षा रेटिङमा अब्बल छ ।

नयाँ दीपल एस ०५ प्लसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ । यो ईभीले एकपटको फुलचार्जमा ४०५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।

नयाँ एस ०५ प्लसले १५१.५ किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यो ईभी १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ । साथै यसले ६ किलोवाटको भेहिकल टु लोड (भीटूएल) सपोर्ट गर्छ ।

विश्वको प्रतिष्ठित आईएफ डिजाइन अवार्ड २०२५ को विजेता एस०५ प्लसमा रहेको लाइन र सिग्नेचर फ्रेमलेस डोर तथा फ्लस ह्याण्डलले यसको रोड प्रेजेन्सलाई बेजोड बनाइदिन्छ ।

यसको क्याबिनमा १५.४ इन्चको फुल एचडी टचस्क्रीन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलरको एम्बायन्ट लाइटिङ छ ।

यसमा १५९ लिटरको फ्रंक र सेग्मेन्टमै पहिलो पटक प्रयोग गरिएको रिमोट इन एन्ड आउट सिस्टम रहेको । साथै यसमा ४जी र ५जी कनेक्टिभिटी रहेको छ । जसले चालकलाई हर समय इन्टरनेटसँग जोडिरहेको हुन्छ ।

२०२६ दीपल एस ०५ प्लसले सुरक्षामा अब्बल फाइभ स्टार युरो एनक्याप रेटिङ पाएको छ ।


Back_to_top