४ प्रिमियम मोटरसाइकल सार्वजनिक गर्दै हिरो, कुन कस्तो छ ?

काठमाडौं । हिरो मोटरसाइकलले ४ नयाँ प्रिमियम मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले भारतमा हुने भारत मोबिलिटी एक्स्पो २०२४ मा ४ नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

जनवरी १७ देखि सुरू हुने भारत मोबिलिटी एक्स्पोमा २०२५ हिरो माभ्रिक ४४०, हिरो एक्सपल्स २१०, एक्स्ट्रीम २५० आर र करिज्मा एक्सएमआर २५० सार्वजनिक गर्ने भएको हो ।

यी मोटरसाइकलहरू २०२५ मार्चदेखि यो २०२५ को अन्त्यसम्ममा बिक्रीमा आउने अनुमान गरिएको छ । हिरो क्रमशः माभ्रिक ४४०, एक्सपल्स २१०, करिज्मा एक्सएमआर २५० र एक्स्ट्रीम २५० आर बजारमा ल्याउने छ ।

१. २०२५ हिरो माभ्रिक ४४०

हिरोले अपडेट सहितको माभ्रिक ४४० जनवरीमा सार्वजनिक गर्ने भएको हो । २०२५ माभ्रिक ४४० मा अपसाइड डाउन सस्पेन्सन दिइएको छ । यसमा कम्पनीले विभिन्न नयाँ कलर अप्सन दिएको छ भने एलसीडी डिस्प्लेलाई हटाएर टीएफटी डिस्प्ले दिइएको छ ।

कम्पनीले २०२५ माभ्रिकको कुल तौल २ केजीले घटाएको छ । यसले यसको पावर टु वेट रेसियो राम्रो बनाएको छ । यसका अलावा कुनै मेकानिकल परिर्वतन भने गरिएको छैन् । यसमा कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेको छ । यो इन्जिनले २७ बीएच पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, अलोय ह्वील, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर उपलब्ध हुनेछ ।

२. एक्सपल्स २१०

हिरोले इक्मा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरेको एक्सपल्स २०१ भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले अटो एक्स्पो लगत्तै यसको बिक्री सुरू गर्ने अनुमान गरिएको छ ।
कम्पनीले एक्सपल्स २०० फोर भीकै समान डिजाइनमा एक्सपल्स २१० तयार पारेको छ भने यसमा धेरै परिर्वतनहरू गरेको छ । नयाँ एक्सपल्स २१० लाई कम्पनीले अझै अफरोड प्रेरित डिजाइनमा ल्याएको छ ।

यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।

यो मोटरसाइकलका फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ । यो मोटरसाइकलमा स्वीचएबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्माट कनेक्ट फिचर उपलब्ध छ ।

यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर भने करिज्माकोभन्दा केही कम हो । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।

३. हिरो एक्स्ट्रीम २५० आर

कम्पनीले नेकेड स्ट्रीट फाइटर सेग्मेन्टमा २५० सीसी नयाँ मोटरसाइकल तयार पारेको छ । कम्पनीले पहिलो पटक इक्मा अटो शो २०२४ मा सार्वजनिक गरेको यो एक्स्ट्रीम २५० आरमा कम्पनीले हालै तयार पारेको २५० सीसी लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ ।

यो इन्जिनले ३० बीएच पावरका साथै, २५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ भने, यसले ०–६० को स्पीड मात्र ३.२५ सेकेण्डमा भेट्छ । यसमा एलईडी लाइट, डबल च्यानल एबीएस, स्लीपर क्लच जस्ता फिचर हुनेछ ।

४. करिज्मा एक्सएमआर २५०

इक्मा अटो शो २०२४ मा कम्पनीले फुल फियर्ड एक्सएमआर २५० प्रदर्शन गरेको थियो । यसमा एक्स्ट्रीम २५० आरमा प्रयोग भएको इन्जिन प्रयोग भएको छ । यो मोटरसाइकलले सुजुकी जिक्सर २५० सँग प्रतिस्पर्धा गर्नेछ ।

यो मोटरसाइकलमा यूएसडी फर्क, क्लिप अन ह्याण्डलबार, डबल च्यानल एबीएस, टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध हुनेछ ।


Back_to_top