पाँचौ जेनेरेशन किया स्पोर्टेजमा यस्ता छन् मुख्य परिमार्जन

काठमाडौं । कियाको सर्वाधिक सफल मोडल स्पोर्टेजको नयाँ जेनेरेशन मोडल अन्तर्राष्ट्रिय बजारमा प्रिमियर भइसकेको छ । कम्पनीले पाँचौ जेनेरेशन स्पोर्टेज बजारमा ल्याउने तयारी गरेको हो ।

निकै आकर्षक डिजाइनमा देखिएको नयाँ जेनेरेशन स्पोर्टेज निकै सार्प र मस्कुलर देखिएको छ । कियाको नयाँ डिजाइन फिलोसोपीमा आधारित स्पोर्टेजमा आकर्षक हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट दिइएको छ । मेसिन कट अलोय ह्वील, एलइडी टेल लाइट, नयाँ डिजाइनको बम्परले स्पोर्टेजलाई निकै स्पोर्टी बनाएको छ ।

कारको भित्री डिजाइन पनि पहिलेको तुलनामा निकै आकर्षक देखिएको छ । कर्भि डिजाइनमा तयार भएको डिस्प्ले जहाँ इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । यसमा यूनिक डिजाइनको एसी भेन्ट, र सफ्टच मेटेरियलबाट बनेको ड्यासबोर्ड पाउन सकिन्छ ।

हुन्डाई टुसानको नयाँ प्ल्याटफर्ममा तयार भएको स्पोर्टेजमा हाइब्रिड इन्जिन उपलब्ध रहने छ । नेपालको लागि कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ जेनेरेशन स्पोर्टेज नेपाल ल्याउने छ । अहिले पनि स्पोर्टेज सेग्मेन्टकै सर्वाधिक सफल मोडल हो ।

‘अक्टोबरबाट यसको उत्पादन सुरु हुनेछ, संभवत सन् २०२२ को पहिलो क्वाटरमा नेपाल आउने छ’, कन्टिनेन्टल ट्रेडिङका डिजिएम अनिश लामिछानेले भने ।


Back_to_top