पार्किङ गरेको गाडी अचानक जमिन भित्र पसेपछि…

काठमाडौं । नेपालमा बर्षातको मौसम सुरु भएको छ । मनसुन लागेसँगै नेपाली बाटाहरुमा पहिरो र वाढीको अबरोधले यातायात साधन रोकिने गरेका छन् ।

अझ अहिले धेरै स्थानीय निकायले नयाँ नयाँ बाटाहरु निर्माण गरेकाले बर्षातसँगै बाटोमा पहिरो जाने तथा बाटोनै बग्ने खतरा रहन्छ । यस्तो मौसममा सवारी साधन चढेर हिडडुल गर्दा वा पार्किङ गर्दा एकदमै सजग हुनु पर्छ । भारी वर्षाको समयमा तोकिएको पार्किङमा बाहेक अन्य स्थानमा गाडी पार्क गर्दा गाडीनै डुवाउने वा हिलोमा फस्ने धेरै घटना हुने गरेका छन् ।

यस्तै भएको छ भारतको मुम्बईमा । मुम्बाईको राम निवास सोसाइटीको पार्किङमा पार्क गरिराखेको गाडी पूरै जमिनमा छिरेको घटना अहिले शोसल मिडियामा भाइरल भएको छ । स्थानीय एकजनाले खिचेको भिडियो अनुसार रेगुलर पार्किङमा एउटा हुन्डाइको भेन्यू पार्क गरिराखेको हुन्छ । त्याहाँ अचानक जमिनमा केही हलचल भएको जस्तो देखिन्छ ।

विस्तारै उक्त गाडीको अगाडिको दुबै चक्का जमिनमा धसिदै जान्छ । त्याँहा पानी सहितको ठूलो खाडल देखिन्छ । अनि हेर्दा हर्दै उक्त पूरै गाडी नै जमिन भित्र गाएब हुन्छ । त्याहाँ छेउछेउमा अन्य कारहरु पनि पार्किङ गरिएको देखिन्छ । तर, उक्त गाडी बाहेक अन्य गाडी जमिनमै पार्क भइरहेको देखिन्छ ।

मिडिया रिपोर्टहरुका अनुसार उक्त पार्किङ गरिएको स्थानमा पहिला ठूलो पोखरी रहेको थियो । यो सोसाइटीको विल्डीङ ८० वर्ष पूरानो तथा पार्किङ भने लगभग ४० वर्ष अगाडि निर्माण भएको मानिन्छ । धेरै स्थानमा कंक्रीट हालेर निर्माण गरिएको उक्त स्थानमा भारी वर्षासँगै भित्रभित्रै पानी भरीएकाले भित्रको माटो कमजोर भएर तल जमिनमुनी पोखरी बनेको अनुमान गरिएको छ । माटो कमजोर भएसँगै गाडीको तौलले पुरानो सिमेन्ट फुटेर धसिएको अनुमान गरिएको छ ।

उक्त गाडी करिब ३० फिट तल पुगेको थियो । कार निकाल्नका लागि पम्पले पुरै पानी तानेर फालेपछि क्रेन बोलाइएको थियो । गाडी पार्किङमा रहेकोले कुनै किसिमको मानविय क्षेती भने भएन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top