काठमाडौं । टीभीएस रेडर सप्तरङग ३ अन्तर्गत नेपालगंजमा मनोरञ्जनात्मक कार्यक्रम सहित रेडर १२५ मोटरसाइकल सार्वजनिक भयो ।
त्यस अवसरमा ‘सप्तरंग ३’का चर्चित कलाकारहरु प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङ्ग, अनिल सिंह, रामकृष्ण ढकाल, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निषा उप्रेती र विवेक खतिवडा लगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।
‘टीभीएस रेडर’ शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले विक्री गर्दै आएको १२५ सीसी क्षमताको मोटरसाइकल हो । यो सेग्मेन्टमा नै सर्वाधिक धेरै अत्याधुनिक फिचर भएको रेडरको बनोट पनि युवा लक्षित र स्पोर्टी डिजाइनमा छ ।
टीभीएसले रेडरमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलइडी हेडल्याम्पजस्ता फस्र्ट-ईन-क्लास फिचर्सका साथै फस्र्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।

