काठमाडौं । चीनमा पछिल्लो सयम चर्चाको शिखरमा रहको न्यू इनर्जी भेहिकल ब्राण्ड साओमीले सन् २०२५ को प्रत्येक गाडी बेच्दा ९०० अमेरिकी डलर गुमाएको छ ।
कम्पनीले सन् २०२५ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ८६.२ करोड अमेरिकी डलर घाटा भएको जनाएको हो ।
कम्पनीका अध्यक्ष लु वेविङले आफ्नो अटोमोबाइल बिजनेस प्रारम्भिक चरणमा रहेकाले पर्याप्त मात्रामा उत्पादन हुन नसकेको बताएका छन् ।
सुरुवातमै ठूलो लगानी गर्नुपरेको, आफ्नै उत्पादन प्लाण्ट तथा कोर टेक्नलोजीको कारण घाटा देखिएको उनले बताए । आगामी दिनहरूमा बिक्री बढ्दै जाँदा घाटा कम हुने उनको भनाइ छ ।
साओमीले सन् २०२५ को पहिलो त्रैमासमा ७५ हजार ८६९ युनिट एसयू ७ सिरिजको भेहिकल बिक्री गरेको थियो । कम्पनीले यसै वर्ष आफ्नो उत्पादन क्षमता बढाउँदै वार्षिक २ लाख ५८ हजार पुर्याएको छ ।
पछिल्लो समयमा साओमीको प्रिमियम कार एसयू७ अल्ट्रा मोडलको माग धेरै छ । कम्पनीले नयाँ मोडल वाईयू ७ समेत सन् २०२५ को जुलाइमा लन्च गर्ने घोषणा गरेको छ ।

