खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेँसीमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ।

बुधबार दिउँसो काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको  नाइन एन एएचक्यू हेलिकोप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टर अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको खोटाङ प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनमा हेलिकोप्टरमा सवार एक जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ।


Back_to_top