आजदेखि हवाई उडान पुन सुचारु

भोजपुर । आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । 

नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने १ हजार ३५० रुपैयाँले वृद्धि भएको छ ।

राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौँको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए । बढेको भाडासहित काठमाडौँ-भोजपुरको भाडा ५ हजार १३० पुगेको छ । 

गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो । निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ । हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् । 


Back_to_top