काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६को राष्ट्रिय बजेट सार्वजनिक गर्दै बिमान स्थलको निर्माणका १९ अर्ब ३५ करोड बजेट छुट्याएको छ ।
सरकारले निर्माणाधीन निजगढ दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमान स्थल, तथा निर्माणाधीन गौतम बुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय बिमान स्थल तथा अन्य स्तर उन्नती, पुन निर्माण र योजनामा रहेका विमान स्थलको निर्माण कार्य सुरु गर्न यति बजेट बिनियोजन गरेको छ ।
अघिल्लो बजेटले एयरपोर्ट निर्माणमा १३ अर्ब बिनियोजन गरिएको छ ।