तीन ठूलो परिवर्तनसहित आउँदै ‘पल्सर एनएस २००’

काठमाडौं । बजाज अटोले पल्सर एनएस २०० को अझै स्पोर्टी मोडल प्रर्दशन गरेको छ । कम्पनीले हार्लै एक टिजर सार्वजनिक गर्दै एनएसको स्पोर्टी लुक्स सार्वजनिक गरेको हो ।

कम्पनीले बजाजको सोसल मिडिया ह्यान्डलमा टिजर सार्वजनिक गर्दै बजाज एनएसको २०२४ भर्सन सार्वजनिक गरेको हो । सार्वजनिक भएको टिजरमा तीन ठूला परिवर्तन देख्न सकिन्छ । जसमा नयाँ एलइडी हेडल्याम्प, डिआरएल र डिजिटल डिस्प्ले देखाइएको छ ।

गत वर्ष कम्पनीले एनएस २०० मा अपसाइड डाउन फर्क सस्पेन्सन, नयाँ अलोय ह्वील तथा गियर इन्डिकेटर जस्ता फिचर अपडेट गरेको थियो ।

कम्पनीले २०२४ पल्सर एनएस २०० मा रहेको सेमी–डिजिटल कन्सोललाई फुल डिजिटल कनेक्टिभिटी सहितको कन्सोलले रिप्लेस गरेको छ । एनएस २०० को फ्रन्ट लुक्सलाई अझै आक्रामक बनाउन सार्प एलइडी डिआरएल सहितको एलइडी हेडल्याम्प सेटअप दिएको छ ।

कम्पनीले एनएसको इन्जिनमा कुनैपनि परिवर्तन गरेको छैन । यसमा १९९ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । २०२४ एनएस २०० मा डबल च्यानल एबीएस, एलइडी टेलल्याम्प, स्प्लीट सिट, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top