काठमाडौं । नेपाली बजारमा अल न्यू टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अल न्यू मोडल अपाचे आरटीआर १६० फोरभीको यूएसडी एण्ड टीएफटी टप भेरियन्टको बिक्री सुरू गरेको हो ।
कम्पनीले नेपाली बजारमा अल न्यू आरटीआर १६० को मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकेको छ । टीभीएस मोटरले आरटीआर १६० फोरभीलाई विभिन्न फिचरहरू थपेर अझै प्रिमियम बनाएर ल्याएको हो । अल न्यू आरटीआर फोरभीमा प्रोजेक्टर हेडल्याम्प, ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल एबीएस, टीएफटी डिस्प्ले, युएसडी फोर्क लगायत फिचर थपिएर आएको छ ।
रेसिङ डीएनए, स्मार्ट टेक्नोलोजी, स्पोर्टी ग्रफिक्स र उत्कृष्ट प्रदर्शनको संयोजन रहेको यो मोटरसाइकल युवा र प्रदर्शनमुखी राइडरहरूलाई लक्षित गरेर विकसित गरिएको मोडल हो । १६० सीसी सानै क्षमताको भएपनि यसमा निकै एड्भान्स फिचरहरू र रेसिङ ट्युनिक गरिएको इन्जिन सेटअप पाइन्छ । जसले गर्दा मोटरसाइकलको पर्फमेन्सलाई सेग्मेन्टमै उत्कृष्ट बनाउँछ ।
अल न्यू अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसीको सिंगल सिलिण्डर, आयल कुल्ड, फोर भल्ब, एसओएचसी, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १७.५५ पीएस पावर तथा १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।
रेसिङ रेड, मरिन ब्लू र मेटल ब्ल्याक गरि तीन कलर अप्सनमा उपलब्ध भएको यो मोटरसाइकलमा टीभीएस स्मार्ट कनेक्ट सिस्टम, डिजिटल डिस्प्ले, डबल च्यानल एबीएस सिस्टम, पेटल डिस्कब्रेक, ट्रयाक्सन कन्ट्रोल, तीन राइड मोड, क्लास डी प्रोजेक्टर हेडल्याम्प, एलईडी लाइट सेटअप, न्यू डीआरएल, यूएसडी फोर्क र रियर मोनोसक, एड्जस्टेबल ब्रेक एण्ड क्लच लिभर, असिस्ट एण्ड स्लिपर क्लच, हाइड्रोफर्म ह्याण्डलबार, अलोय ह्वील, ट्युबलेस रेडियल टायर लगायतका फिचरहरू समावेश छन् ।


