रोयल इनफिल्डको नयाँ डिलरबाट विक्री सुरु, यस्तो छ नयाँ मूल्य

काठमाडौं । रोयल इनफिल्डको नयाँ आधिकारीक विक्रेता अल्फा अटोमोटीभ्सले नेपालमा विक्री सुरु गरेको छ । कम्पनीले सरकारले बढाएको कर अनुसार मोटरसाइकलको नयाँ मूल्य तोकेर विक्री सुरु गरेको हो ।

सरकारले अहिले २५० देखि ४०० सीसीसम्मको मोटरसाइकलमा ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लगाएको छ । यसअघि ३० प्रतिशत मात्रै भन्सार लाग्ने गरेकोमा भन्सार शुल्क नै ४० प्रतिशतले बढेको हो ।

अल्फा अटोमोटीभ्सले आफ्नो शोरुम निर्माण गरिरहेको छ । तत्कालको लागि कमलपोखरीमा रहेको सिटी सेन्टरमा टच प्वइन्ट स्थापना गरेर टेष्ट ड्राइभ, बुकिङ र डेलिभरी सुरु गरेको हो ।

तत्काल क्लासिक ३५० र मेटीयर मोडल गरी दुई मोडल उपलब्ध गराएको कम्पनीले क्लासिक ३५० को मूल्य ७ लाख रुपैयाँ कायम गरेको छ । कम्पनीले विभिन्न ६ भेरियन्टमा विक्री गर्दै आएको क्लासिक ३५० को सबै भेरियन्टको मूल्य एउटै बनाएको हो ।

कम्पनीले विक्री गर्ने अर्को मोडल मेटीयर ३५० भने ७ भेरियन्टमा उपलब्ध गराएको छ । यसको सुरुवाती मूल्य ८ लाख ७५ हजार रुपैयाँ कायम गरेर विक्री सुरु गरेको हो ।


Back_to_top