बैंङलोर बेस्ड इलेक्टीक स्टार्ट अप कम्पनी अल्ट्राभोइलेट अटोमोटीभले २०१९ को अन्त्यसम्म आफ्नो पहिलो इलेक्टीक मोटर साइकल लन्च गर्ने प्लान गरिरहेको जनाएको छ । हालै मात्र सो स्टार्टअपले भारु ६ कराेडको फन्डिग पाएको छ जसको सहायताले कम्पनीले आर एण्ड डि तथा प्रडक्ट इन्जीनीयरीङको काम गर्ने छ ।
लन्च हुने भनिएको इलेक्टीक मोटरसाइकल को टक्कर २०० देखि २५० सीसी क्षमता भएका मोटरसाईकलसँग हुने जनाइएको छ । सन् २०१७ मा टीभीएस मोटर कम्पनीले यस कम्पनीकाे १४.७ प्रतिशतको स्टेक किनेको थियो । टीभीएसका अनुसार अल्ट्राभोइलेट अटोमोटीभले टप लाईनको मोविलीटी सोलुसनमा काम गरिरहेको छ । यो कम्पनीले इनर्जी इफिसीयन्सी इलेक्टीक भेइकल टेक्नलोजीको विकाश गरिरहेको छ ।
यसको उत्पादनले पावर र टर्कमा २०० देखि २५० सीसी इन्जीन क्षमताका बाइकहरु जतीकै पावर र टर्क उत्पादन गर्ने छ । टीभीएसको थप इन्भेस्टमेन्टको बारेमा जानकारी दिदै अल्ट्राभोइलेट अटोमोटीभका फाउण्डर तथा सीइओ नारायन सुब्रमन्यमले भने यो टीभीएसले गरेको थप इन्भस्टमेन्टले हाम्रो कामको प्रगती प्रति कम्पनीलाइ भरोसा रहेको पुष्टी गरेको छ । हामी हाइ प्रफर्मेन्स इलेक्टीक मोटरसाईकल बनाउदै छौ जसले उच्चतम टेक्नलोजीको प्रयोग गर्दै उत्कृष्ट डिजाइनले प्रयोगकर्ताहरुलाई राम्रो एक्पिरीयन्स दिनेछ ।
यो मोटरसाईकलमा स्मार्ट फिचरहरु रहनेछन् जसले ड्यासबोर्डमै मेन्टीनेन्सको सूचना दिनुको साथै ओभर द एयर अपग्रेड तथा राइडरको इच्छाअनुशार कस्टुमाइजेसन गर्न मद्धत गर्ने छ । हामीलाइ विश्वास छ की टीभीएसको निरन्तरको सहयोगले हामी भारतमा इलेक्टीक सुपर बाईक निर्माणको लामो यात्रा पार गर्दै चाडैनै लक्षमा पुग्नेछौ ।
अल्ट्राभोइलेट अटोमोटीभले यो बाईक निर्माणको एडभान्स स्टेजमा पुगेको र २०१९ को अन्त्यसम्म लन्च गर्ने कुरा कन्भर्म गरेको छ । हाल टेक्नीकल स्फेसिफिकेसन, सप्लायर्स तथा चार्जीङ स्पेक्सको फाइनलाइज गर्ने काम भइरहेको छ । यसको पावर ट्रेन र ब्याट्रि मेनेजमेन्ट सिस्टम कम्पनीले इनहाउसनै डेभलप गरेको हो । कम्पनीले ब्याट्रिको रमेटिरियलको सोर्सिङको लागि पार्टी छनौट गरिरहेको छ ।


