काठमाडौं । बुलेट मोटरसाइकल निर्माण गर्दैआएको रोयल इनफिल्डले सन् २०२० मा कम्पनीको पहिलो इलेक्ट्रीक मोटसाइकल सार्वजनिक गर्ने भएको छ । इलेक्ट्री भेहिकलको लोकप्रियतालाई ध्यानमा राख्दै कम्पनीले मोटरसाइकल निर्माण गर्ने तयारी थालेको हो ।
कम्पनीको अनुसार निर्माण हुने इलेक्ट्रीक मोटरसाइकलको लोकप्रियता झनै उकास्सिकने अनुमान गरिएको छ । मोटरसाइकलको कन्सेप्ट २०२० मा सार्वजनिक गर्ने कम्पनीको योजना रहेको छ ।
भारतीय बजारमा इलेक्ट्रीक स्कुटरको सम्भावना राम्रो बनिसक्दा पनि ई-बाइकले भने खासै मार्केट पकड्न सकेको छैन । भारतीय बजारमा उपलब्ध ई-मोटरसाइकलमध्ये डिसेन्ट रेञ्जमा आधारित ‘एमफ्लक्स वन’ सिङ्गल चार्जमा २०० किलोमिटर चल्ने सिङ्गल मोडल बनेको छ । यसमा लिथियम आयान ब्याट्री प्याक, एयरोडान्यामिक बडी, मेटेरियलकासाथै इन्टेलिजेन्ट पावर म्यानमेन्ट सिस्टम दिइएको छ ।
नयाँ रोयल इनफिल्ड इलेक्ट्रीक मोटरसाइकलमा इनपूट हार्ली डेभिडसन लाइभवेयरसँग लिइएको हो । हार्लीले यसको प्रोडक्सन मोडल २०१९ सम्म सार्वजनिक गर्ने तयारी छ । अपकमिङ्ग मोटरसाइकल २५० सीसी किलोमिटर सम्मको रेञ्जमा निर्माण भएमा कम्पनीले राम्रो सफलता लिन सक्ने आशा गरिएको छ ।
इलेक्ट्रीक बाइकको नयाँ प्लाटफर्ममा निर्माण हुने कम्पनीले जनाएको छ । भविष्यमा कम्पनीले नयाँ अवधारणा र प्लाटफर्ममा आधारित ई-बाइक निर्माण गर्ने आँकलन गरिएको छ । साथै, यसको मूल्य चारदेखि पाँच लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।


