काठमाडौं । यातायात व्यवस्था विभागले आर्थिक वर्ष २०७४/७५को नौमहिनामा ४ लाख ३७ हजार ६ सय १४ सवारी साधन दर्ता भएका छन् ।
विभागको विवरण अनुसार मेची अञ्चलमा ९ हजार ३ सय ९१ सवारी साधन दर्ता भएका छन् । त्यस्तै, कोशी अञ्चलमा ३१ हजार ८ सय ९९, सगरमाथामा १३ हजार ७ सय ९१, जनकपुरमा २२ हजार ३ सय ८६ र नारायणी अञ्चलमा ९२ हजार ६ सय ८ सवारी सधान दर्ता भएका छन् ।
सबैभन्दा बढी सवारीसाधन दर्ता बागमति अञ्चलमा १ लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र २५ हजार १ सय १३ साना ठूला गाडी दर्ता भएको विभागले जनाएको छ ।
गन्डकी अञ्चलमा २० हजार ५ सय ६०, लुम्बिनीमा ७७ हजार ३ सय ५०, धौलागिरीमा १ हजार ६ सय ४३ र राप्तीमा ४ हजार ३ सय २२ सवारी साधन दर्ता भएका छन् ।
भेरीमा १८ हजार ४ सय ८, कर्णालीमा २ सय ७४, सेतीमा १२ हजारम ४ सय ४५ र महाकाली अञ्चलमा २ हजार ९ सय ८० सवारी साधनलाई पञ्जिकरण गरिएको छ ।
सबैभन्दा धेरै मोटरसाइकल
विभागद्धारा संकलित विवण अनुरुप आ.ब २०७४÷७५ मा सबैभन्दा धेरै मोटरसाइकल दर्ता भएका छन् । जसअनुसार ३ लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएमा छन् भने, सबैभन्दा कम १ हजार ९ सय ३४ माइक्रोबस दर्ता भएको छ । त्यस्तै गतवर्ष २ हजार ९ सय ७२ बस, १ हजार ९ सय ७३ मिनीबस र मिनीट्रक, १२ हजार १ सय ५४ क्रेन स्काभेटर, टिफर, ट्रक दर्ता भएका छन् ।
त्यस्तै दर्ता भएका कार भ्यान र जिपको संख्या १० हजार ३ सय ४२ रहेको छ भने, १६ हजार २ सय ९ टेम्पो, १३ हजार ३ सय ९६ ट्याक्टर पावरलेटर, १२ हजार ३ सय २५ इलेक्ट्रीक रिक्सा तथा दर्ता भएका अन्य सवारी साधनको संख्या ३ सय ४८ रहेको छ ।


