एम्पीयर इलेक्ट्रीक स्कुटर नेपालमा, यस्तो छ दुई मोडलको मूल्य

काठमाडौं । भारतीय ब्राण्ड एम्पीयरका उत्पादन नेपाल आएको छ । केडिया इन्टरनेशनले जारी नाडा अटो शो २०२३ मा एम्पीयरका उत्पादन भित्र्याएको हो ।

कम्पनीले एम्पीयर मेग्नस र प्राइमस स्कुटर भित्र्याएको हो ।

कम्पनीले प्राइमस नाडा।अटो शोको तेश्रो दिन सार्वजनिक गरेको हो भने मेग्नस चौथो बिन सार्वजनिक गर्ने भएको हो ।

ग्रेभ्सले उत्पादन गरेको एम्पीयर इलेक्ट्रीक स्कुटर भारतमा जनवरीमा आयोजना भएको ‘अटो एक्स्पो २०२३’मा प्रर्दशन गरेको थियो । अटो शोदेखि नै उक्त ब्राण्ड नेपाल ल्याउन विभिन्न ब्यवसायीक समूहले लविङ गरेका थिए ।

यसअघि वृद्धिले ल्याउने तयारी गरेको यो ब्रान्ड अन्तत् केडिया इन्टरनेशनले नाडा अटो शोमार्फत सार्वजनिक गरेको हो ।

भारतमा २००८ देखि उत्पादन सुरु भएको एम्पीयरसँग हाल तीन मोडलका स्कुटरहरु उपलब्ध छन् । कम्पनीले ‘जिल ईएक्स, मेग्नस र प्राइमस’ स्कुटर उत्पादन र विक्री वितरण गर्दै आएको छ ।

नेपालमा भने मेग्नस र प्राइमस स्कुटरको विक्री सुर भएको छ । कम्पनीले नाडा अटो शो अफर अन्तर्गत मेग्नसको २ लाख ७५ हजार रुपैयाँ र प्राइमसको ३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

एम्पीयर मेग्नसमा १८ वाटको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

त्यस्तै, प्राइमसमा ३.३ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको लिफेपो ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।


Back_to_top