काठमाडौं । आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेलैण्डका गाडीहरुमा ‘चाडपर्ब हर्षको बहार, लैजानुहोस् छानी छानी उपहार’ स्कीम संचालनमा ल्याएको छ । कम्पनीले यो स्कीममा साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर अफर गरेको छ ।
कम्पनीले विक्री गर्ने आइसिभी, ट्रक, टिप्पर र बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रीक स्कुटर वा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर मध्ये कुनै एक उपहार छनोट गर्न सक्नेछन् । एम एण्ड एचसीभी ट्रक, टिप्पर, एमडीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रीक स्कुटर वा सुन अथवा एक जानलाई यूरोप टुर मध्ये एक छानेर लिन सक्नेछन् ।
कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दीमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधन उपलब्ध गराउने छ । कम्पनीले संचालनमा ल्याएको अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जमा उपलब्ध हुने र सिमित अवधिका लागि मात्र लागु गराइएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।