एथरले अगष्टमा कम्यिुनिटी डे मनाउने, सस्तो स्कुटर आउँदै

काठमाडौं । एथरले ईएल इलेक्ट्रीक प्लेटफर्म सार्वजनिक गर्ने घोषण गरेको छ ।

कम्पनीले एथर कम्यिुनिटी डे २०२५ को अवसर पारेर ईएल इलेक्ट्रीक प्लेटफर्म सार्वजनिक गर्ने घोषण गरेको हो ।

कम्यिुनिटी डेको दिन ईएल प्लेटफर्ममा आधारित नयाँ ईभी स्कुटरहरू प्रदर्शन गरिने भएको हो भने यो यी स्कुटर १ लाखभन्दा कम मूल्यका हुने अनुमान गर्न सकिन्छ ।

भारतमा ओला, भीडा जस्ता मोटरसाइकल ७० हजार रुपैयाँ हाराहारीमै उपलब्ध छ । भारतमा सबैभन्दा धेरै बिक्री हुने टीभीएस आइक्यूब ९५ हजार रुपैयाँ हारहारीमा बिक्री हुँदै आएको छ ।

त्यस्तै, एथर रिज्टा १ लाख रुपैयाँ (एक्स शोरुम) मूल्यमा बिक्री भइरहेको छ भने ईएल प्लेटफर्ममा आउने स्कुटर ८० हजार रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

एथर कम्यिुनिटी डे २०२५ अगस्ट महिनामा गरिने भनिए पनि एकिन मिति भने तोकिएको छैन् ।उक्त दिन कम्पनीले एथर स्ट्याक ७.० अपरेटिङ सफ्टवेयर पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यसअघि एथर स्ट्याक ६.० मा रिफ्रेस मोबाइल एप, लाइभ चार्जिङ नटिफिकेशन, ह्वाट्सएप म्यासेज अन ड्यासबोर्ड , एलेक्सा भ्वाइस कमाण्ड, लाइभ लोकेशन सेयरिङ र पिङ माई लोकेशन जस्ता फिचरहरू समावेश थिए भने नयाँ एथर स्टयाक ७.० मा यो भन्दा बढी फिचरहरू थप हुने अनुमान गरिएको छ ।

गत वर्षको कम्युनिटी डेमा एथरले आफ्नो पहिलो फ्यामेली स्कुटर रिज्टा सार्वजनिक गरेको थियो । जसले हालै मात्र १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ ।


Back_to_top