काठमाडौं । डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार फाइभ स्टार अफर विशेष र सिमित अवधिको लागि मात्रै ल्याएको कम्पनीले जनाएको हो ।
नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुने स्कीममा नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभ उपलब्ध हुनेछ । यसले उपभोक्ताको कार खरिद अनुभवलाई झनै उत्कृष्ट बनाउने छ ।
नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधा दिन लागेको हो । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ किलोवाट र ३.५ किलोवाट क्षमताको चार्जर दिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, अटो प्लस इन्स्योरेन्स, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सोसरिजहरू दिने कम्पनीले जनाएको छ । अहिले नामीका कार किन्नेले यी पाँच फाइदा पाउने छन् ।
बढ्दो विद्युतीय कारको बजारमा नामीले छोटो समयमा नै अलगै पहिचान निर्माण गर्न सफल भएको छ । नामी ह्याचव्याक कारमा ‘बेस्ट–इन–क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्य’ पाउने भएको कारण उपभोक्ताको रोजाइमा पर्न सफल भएको हो ।

