‘क्याफे रेस’ डिजाइनमा नयाँ इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतीय बजारमा इलेक्ट्रीक क्याफे रेसर मोटरसाइकल सार्वजसनिक भएको छ । भारतको हैदरावादमा रहेको इलेक्ट्रीक कम्पनी अटोमोवाइल्स एटुमले ‘भाडेर’ मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले हाई स्पीड क्षमताको क्याफे रेसर इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । यो मोटरसाइकलको टप स्पीड क्षमता ६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यो मोटरसाइकलमा २.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । यसलाई एक पटक फुल चार्ज गर्दा १०० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । एटुम भाडेरको मूल्य १ लाख भारतीय रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला भएको हो ।

अटोमोवाइल्स एटुम कम्पनीले एटुम १.० अक्टोवर २०२० मा भारतीय बजारमा सार्वजनिक गरेको थियो । एटुम १.० लो स्पीड क्याफे रेसर मोटरसाइकल रहेको थियो । कम्पनीले एक हजार यूनिटभन्दा धेरै मोटरसाइकल विक्री गरेको थियो । हाल कम्पनीले अपडेट सहित हाइस्पीड क्याफे रेसर मोडल ल्याएको हो ।

इलेक्ट्रीक कम्पनी एटुमले आफ्नो वार्षिक उत्पादन क्षमता विस्तार गरेर २५ हजार यूनिटबाट ३ लाख यूनिट पुर्याएको छ । इलेक्ट्रीक दुई पाङ्ग्रे सेग्मेन्टमा स्कुटर हावी रहेको छ भने मोटरसाइकल विस्तारै आउने क्रम जारी छ । केही सयम अगाडि कोमाकी रेन्जर भारतमै पहिलो इलेक्ट्रीक क्रुजरको रुपमा सार्वजनिक भएको थियो ।


Back_to_top