काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ४४ अर्ब १२ करोड ७८ हजार रुपैयाँबराबरको सवारीसाधन तथा यसमा लाग्ने पाटपूर्जाहरू आयात भएका छन् । मंसिर महिनासम्ममा २ करोड ९९ लाख ५७ हजार पिस यातायातका साधन तथा त्यसमा लाग्ने पाटपूर्जाहरू आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
यस अवधिमा सबैभन्दा धेरै एक हजार सीसी समूहका सवारीसाधन आयात भएका छन् । जसमा अटो रिक्साको हिस्सा सबैभन्दा धेरै रहेको छ । १० हजार १७५ युनिट अटो रिक्सा आयात हुँदा सबैभन्दा कम युनिट तीन हजार सीसीभन्दा माथिका निजी प्रयोगमा आउने जीप–कारको आयात भएको छ । यस्ता गाडी २२ युनिटमात्रै आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
गतवर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा सम्पूर्ण सवारीसाधन र पाट्र्सको आयात ८ अर्ब ५४ करोड १ लाख १८ हजार रुपैयाँले बढेको छ ।
गत आर्थिक वर्षको मंसिर महिनासम्ममा ३५ अर्ब ५७ करोड ९९ लाख ६० हजार रुपैयाँबराबरको यातायात तथा यातायातका पाटपूर्जाहरू आयात भएका थिए । उक्त अवधिमा १ करोड ९९ लाख ४४ हजार ३ सय पिस यातायात तथा यातायातका पाटपूर्जाहरू आयात भएका थिए ।
आर्थिक वर्ष २०७४÷०७५ मा कुल ५ करोड ६ लाख ५२ हजार पिस सवारीसाधन तथा तिनका यातायातका पाटपूर्जाहरू आयात भएका थिए । त्यसको कुल मूल्य ८६ अर्ब ३१ करोड ५३ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७३÷०७४सालको मंसिर महिनासम्ममा ४० अर्ब ८८ करोड ३८ लाख ६५ हजार रुपैयाँबराबरको यातायात तथा यातायातका पाटपूर्जाहरू आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । उक्त अवधिमा २ करोड ८८ लाख ५४ हजार पिस यातायात तथा यातायातका पाटपूर्जाहरू आयात भएका थिए ।
आर्थिक वषर्म २०७३÷०७४ सालमा कुल ७९ अर्ब ५० करोड २२ लाख १० हजार रुपैयाँबराबरको यातायात तथा यातायातका पाटपूर्जाहरू आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागकाअनुसार उक्त वर्ष ६ करोड ९३ लाख ३१ हजार पिस यातायात तथा यातायातका पाटपूर्जा आयात भएका थिए ।


