बजाज एन १६० वर्षकै उत्कृष्ट मोटरसाइकल, इलेक्ट्रीकतर्फ टीभीएस आइक्यूब

काठमाडौं । बजाज पल्सर एन १६० ले अटोकार ‘बाइक अफ दी इएर अवार्ड’ जितेको छ । अटोकारले हरेक वर्ष प्रदान गर्दै आएको अटोकार अफ दी अवार्ड २०२३ बजाज पल्सर एन १६० ले जितेको हो ।

सुजुकी कटानाले भने प्रिमियम बाइक अफ दी इएरको अवार्ड जितेको हो ।
अटोकारले पल्सर एन १६० को पर्फमेन्स, ह्यान्डलिङ, क्वालिटी, स्मुथ इन्जिनलाई आधार मानेर उक्त अवार्ड प्रदान गरेको हो । त्यस्तै, भ्यूवर्स च्वाइस अवार्ड भने रोयल इनफिल्ड हन्टर ३५० ले जित्न सफल भएको छ ।

त्यसैगरी, इलेक्ट्रीक दुईपांग्रेतर्फ टीभीएस आइक्यूबले ग्रिन दुईपांग्रे अफ दी इयर अवार्ड जित्न सफल भएको छ ।

पल्सर एन १६०

बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलईडी टेलल्याम्प, बाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरबेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलईडी डे–टाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्क्रीन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
बजाजले १६० एनमा पनि सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, एबीएस र दुवै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले ३ लाख ८३ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ ।


Back_to_top