बजाजको एक्सचेन्ज अफर: १० हजार नगद छुट, किस्तामा ब्याज नलाग्ने

काठमाडौं । बजाज मोटरसाइकलले एक्सचेन्ज अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलास चन्दलले फाइनान्स स्कीम सहितको एक्स्चेन्ज र नगद छुट अफर ल्याएको हो ।

कम्पनीका अनुसार यो अफरमा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् । साथै, पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्याङ्कनमा थप १० हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ ।

त्यस्तै, नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले १० हजार नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै, ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले विना ब्याजमा कर्जा सुविधा लिन सक्नेछन् । बजाज मोटरसाइकलका लागि बजाज फिनले कर्जा उपलब्ध गराउँदै आएको छ ।

हंशराज हुलास चन्दले केही दिन अघि पल्सर एनएसको नयाँ भर्सन बिक्री सुरू गरेको छ । यो अफरमा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्न सकिन्छ ।

 


Back_to_top