काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले पुष ४ देखि ९ गतेसम्मको लागि एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको एक्सचेन्ज अफरलाई ‘अपग्रेड’ नाम दिइएको छ ।
कम्पनीले फाइदा ‘मोर, टेन्सन नो मोर’ ट्यागलाइनमा सुरु गरेको यस योजनामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्यमा थप १० हजार रुपैयाँ अतिरिक्त पाउने छन् भने, प्रत्येक बजाज मोटरसाइकलको खरिदमा ८ हजार रुपैयाँ नगद छुट पाउने छन् ।
साथै, कम्पनीले निःशुल्क एशोसरिज र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा कर्जा समेत उपलब्ध गराउने जनाएको छ । यसरी मोटरसाइकल किन्ने ग्राहकले भने १८ किस्तामा बाँकी रकम भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।
एचएच बजाजले यो योजना उपत्यकामा रहेका शुभम अटो महाराजगंज, साइन अटो बालाजु, एफए एण्ड सन्स् तिनकुने, गोल्मेश्वर अटो ग्वार्खो, प्रोफेस्नल अटोमोवाइल सतुङ्गल र एस एण्ड एस इन्टरप्राइजेज सूर्यविनायकमा रहेका शोरुमबाट यो अफरमा सहभागि हुन पाउने छन् ।

बजाजले पल्सर सिरिज, पल्सर एनएस सिरिज, डोमिनार सिरिज, एभेन्जर सिरिज, प्लाटीना र डिस्कभर मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको छ ।


