बजाजले पल्सर १२५ मा नयाँ प्रिमियम भेरियन्ट ल्यायो

बजाजले १२५ सीसी क्षमताको पल्सरको प्रिमियम भर्सन सार्वजनिक गरेको छ । कम्पनीले नियोन, क्लासिक र प्रिमियम गरि तीन भेरियन्ट सार्वजनिक गरेको हो ।

रेगुलर मोडलको तुलनामा पल्सर प्रिमियम करिब ४ हजार रुपैयाँले महंगो रहेको छ । 

कम्पनीले रेगुलर मोडलको तुलनामा थुप्रै ग्राफिक्सहरुमा परिमार्जन गरि प्रिमियम पल्सर १२५ बजारमा ल्याएको इन्डियन अटोब्लगले उल्लेख गरेको छ । यसमा दिइएको स्पिल्ट सिटलाई स्पोर्टी लुक्स दिइएको छ । यसमा थप गरिएको ग्राफिक्सको कारण यसको फिउल ट्याङ्क निकै मस्कुलर देखिएको छ ।

सिंगल पिस सिटले बाइकलाई निकै स्पोर्टी देखाएको छ । समग्रमा कम्पनीले पल्सर १२५ को प्रिमियम भेरियन्टमा बाइकलाई स्पोर्टी देखाउन काम गरेको छ । 

नयाँ पल्सर १२५ क्लासीकमा १२५ नियोनमा रहेको १२४ सीसी इन्जिन जडान गरिएको छ । यो इन्जिनले ८ हजार ५ सय आरपीएममा १२ पीएसको पावर र ६ हजार ५ सय आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । 

यसको फन्टमा २४० एमएमको डिस्क र रियरमा १३० एमएमको ड्रममा ब्रेक रहेको छ । ५ स्पीडको गियरबक्स रहेको छ । यसमा ११ लिटर फ्यूल ट्याङक रहेको छ भने १७ इन्चको अलाय ह्वील दिइएको छ । 


Back_to_top