काठमाडौं । अर्थमन्त्रालयको निर्देशनमा भन्सार कार्यालयले महंगो गाडी आयातमा कडाई सुरु गरेको छ । बिना आधिकारीक डिलर वा उत्पादक भन्दा बाहिरबाट किनेर धमाधम महंगो मूल्यका इलेक्ट्रीक र हाइब्रिड गाडी आयात हुन थालेसँगै कडाई सुरु गरेको छ ।
प्रिन्सा अटोमोवाइलले बेलायती एक कम्पनीसँग किनेर इलेक्ट्रीक कार इट्रोन नेपाल ल्याएको थियो । त्यसपछि त्यहि फर्मुला प्रयोग गर्दै नयाँ टेस्ला र ल्यान्डरोभर भन्सारमा आइपुगेको हो ।
विगत १५ दिनदेखि बिरगञ्ज भन्सारमा रोकिएको ज्यागुवार ल्यान्ड रोभरको हाइब्रिड कार रेन्जराेभर र टेस्लाको पूर्ण इलेक्ट्रीक कार भन्सार पास हुन सकेको छैन ।
ज्यागुवार ल्यान्ड रोभरको गाडी नेपालमा किशोर गियर र टेष्लाको गाडी वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेका हुन् ।
उत्पादक भन्दा बाहिरबाट गाडी आयात गर्दा ट्राइपार्टी एग्रिमेन्ट अनिर्वायरुपमा चाहिने र त्यो डकुमेन्ट आयातकर्तासँग नहुँदा यी गाडी भन्सारमा रोकिएको हो । अबको केही दिन भित्र ट्राइपार्टी एग्रिमेन्ट नआए ति गाडी भन्सारले जफत गर्न सक्ने छ ।
यसअघि पनि भन्सारले यसरी प्रकृया नपुर्याई ल्याइएका सवारीसाधन जफत गरेको उदारहण पाउन सकिन्छ ।
प्रिन्साले प्रयोग गरेको आयातको बाटो चोरिको भएसँगै उसले नेपाल ल्याएको गाडी के हुने भन्ने अन्यौलता समेत सुरु भएको छ । आउडीका इलेक्ट्रीक गाडी राम्रो मोटरले बजारमा बिक्री गरेको थियो ।


