ट्राइम्फ-बजाजको २५० सीसीमा पनि मोटरसाइकल आउने

काठमाडौं । ट्राइम्फ र बजाजको सहकार्यमा तयार भएको ट्राइम्फ ४०० ले निकै चर्चा पाएसँगै कम्पनीले नयाँ मोटरसाइकलको तयारी सुरु गरेको छ । कम्पनीले नयाँ २५० सीसी क्षमताको मोरसाइकल आफ्नो वेभसाइटमा राखेर नयाँ मोडलको तयारी भएको संदेश दिएको हो ।

ट्राइम्फले आफ्नो आधिकारीक वेभसाइटमा ट्राइम्फ ४०० लिस्टिङ गरेसँगै २५० रोडस्टार र स्क्रयाम्वलर समेत लिस्टिङ गरेको थियो । योसँगै बजाजले चाँडै ट्राइम्फ ४०० बाट प्रेरित २५० सीसी मोटरसाइकल ल्याउने चर्चा चुलिएको हो ।

भारतमा ट्राइम्फ स्पीड ४०० को बुकिङ सोचेन्दा बढी भएसँगै कम्पनी निकै उत्साहित भएको छ । अहिलेसम्म स्पीड ४०० को डेलिभरी भने सुरु भएको छैन । यसको अर्को स्क्रयाम्वलर ४०० मोडलको मूल्य भने अक्टोवरमा मात्रै सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

यदि कम्पनीले २५० सीसी मोटरसाइकल ल्याउने हो भने यी मोटरसाइकल ट्राइम्फ ४०० ट्वीनको डिजाइनमा नै आउने छ । यो मोटरसाइकल ४०० सीसीको तुलनामा कम मूल्यमा आउने छ ।

हालै मात्र सार्वजनिक ट्राइम्फ ४०० ट्वीन मोटरसाइकल १० दिनमा १० हजार यूनिट बुकिङ भइसकेको छ । बजाजको प्लान्टमा उत्पादन भएको मिड साइज मोटरसाइकल स्पीड ४०० को मूल्य २ लाख २३ हजार निर्धारण गरेर बुकिङ भइरहेको छ ।

कम्पनीले पहिलो १० हजार ग्राहकलाई मात्र यो मूल्यमा मोटरसाइकल उपलब्ध गराउने र त्यसपछि १० हजार रुपैयाँ बढ्ने कम्पनीले जानकारी दिएको छ । ट्राइम्फका उत्पादन नेपाल पनि आउने तयारीमा छन् ।


Back_to_top