यस्तो देखियो महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘ई-८’

काठमाडौं । महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘ई-८’को प्रोडक्सन स्पेक लिक भएको छ । यहि वर्षको डिसेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको ई-८ निकै आकर्षक डिजायनमा देखिएको हो ।

लिक भएको प्याटेन्ट डिजाइन अनुसार ई-८ एसयूभी २०२२ अगष्टमा देखाएको कन्सेप्ट डिजाइनसँग धेरै मिल्दोजुल्दो छ । नयाँ इलेक्ट्रीक एसयूभी महिन्द्राको अहिलेको हटकेट एक्सयूभी ७०० मा अधारित रहेको देखिन्छ । तर, यो एसयूभी महिन्द्राको डेडिकेटेड ‘बर्न इलेक्ट्रीक इन ग्लो’ प्लेटफर्ममा बन्नेछ ।

महिन्द्राले यसको डिजाइन आकर्षक बनाउन अगाडि वारपार एलइडी लाइटबार दिएको छ । जुन साइडमा गएर तल बम्परसम्म ड्रप डाउन भएको देख्न सकिन्छ । यसमा अगाडिको ग्रिल पुरै सिल्ड गरिएको छ । ट्राङ्गुलर हेडलाइट समेत बम्परमा रहेको देखिन्छ ।

यसको साइडमा एक्सयूभी ७०० मा जस्तै फ्लस डोर ह्याण्डल रहेको छ । साथै महिन्द्राले आफ्नो ईभीमा प्रयोग गरिरहेको कपर कलर र टुइन पीक लोगो लगायत धेरै ठाँउमा प्रयोग भएको देखिन्छ ।

यो एसयूभीमा पनि एक्सयूभी ७०० को जस्तै ‘तीन रो’ सिट रहको छ । तर, यो एक्सयूभी ७०० भन्दा केहि ठूलो साइजमा रहेको छ । यसको लम्बाई ४७४० एमएम, चौडाई १९०० एमएम, उचाई १७६० एमएम तथा २७६२ एमएमको ह्वील वेस रहेको छ ।

महिन्द्राले यसअघि नै यो इलेक्टीक एसयूभी अल ह्वील डाइभ सिस्टम सहितको हुने पुस्टी गरिसकेको छ । यो ईभीमा ८० किलोवाट आवरको ब्याट्री प्याक रहने छ । यसको पावर भने २३० देखि ३५० हर्सपावरको हुने अनुमान गरिएको छ ।


Back_to_top