काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न गरेको छ ।
आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभ अवसरमा शुभारम्भ गरिएको कम्पनीको भनाइ छ ।
यो अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा २५% डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो ।
अभियानको बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र संगै यस उत्सवलाई मनाउने एक माध्यम थियो । नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।’
देशभरका ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्याधिक लाभ लिएका थिए ।
यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ, जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् ।


