बेँसीसहर-चामे र मध्यपहाडी लाेकमार्गमा राति सवारी चलाउन रोक

काठमाडौं । बेँसीसहर-चामे सडक र पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा आजदेखि रातिमा सवारी साधन चलाउन रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन संचालनमा रोक लगाएको हो ।

बैठकले मनसुजन्य विपदबाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न रातिमा अत्यावश्यक सेवा बाहेकका सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासनका अनुसार बेँसीसहर-चामे सडकको बेँसीसहरबाट मनाङको सीमाना (म्यार्दी खोला)सम्मको खण्डमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।

त्यस्तै, मध्यपहाडी लोकमार्गको सुन्दरबजार-भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी संचालनमा रोक लगाइएको हो ।


Back_to_top