बालाजु अटो वर्कसको ‘मेनेजर मीट २०२४’ सम्पन्न

काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हीलरको एक मात्र आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गतको बालाजु अटो वर्कसले २९ मार्च तारिखमा ‘मेनेजर्स मिट’ आयोजना गरेको थियो । बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा इन्डियाका सर्भिस कन्ट्री मेनेजर सोमनाथ धर लगायतको उपस्थिति रहेको थियो ।

धुलिखेलको स्काई गार्डेन रिसोर्टमा सम्पन्न भएको कार्यक्रमका विजेताहरुलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक र नेपालको लागि महिन्द्रा एण्ड महिन्द्राका सर्भिस कन्ट्री मेनेजर सोमनाथ धरले महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई सम्मान गरेका थिए ।

बेस्ट फोटो अफ दी केयर फेस्ट अग्नि आस्था इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट ओम श्री बाराही अटो वर्कस, हाई पफर्मर अग्नि आस्था भैरहवा, हाई एचिभर ठाकुर अटो केयर सेन्टर बनेको थियो । साथै, मेनेजर मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४-बिनिता के.सी सम्मानति भएकी थिइन् ।

त्यसैगरी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस मेनेजर २०२४-सशी पजियर र एमके इन्कर्पोरेटेड प्रालिबाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४-राजेश लाघेलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरेका थिए ।


Back_to_top