हुन्डाईको नयाँ वर्ष स्कीमः १० लाखसम्म एक्सचेन्ज बोनस, ६ लाखसम्म छुट

काठमाडौं । आउँदै गरेको नयाँ वर्ष २०८१ लाई मध्यनजर गर्दै हुन्डाईले विशेष स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले ५ सुविधा पाउने छन् ।

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘नयाँ वर्ष, नयाँ हर्ष’ स्लोगन सहित ल्याएको स्कीममा ग्राहकले भारी नगद छुटसँगै १० लाखसम्मको एक्सचेन्ज बोनस पाउने जनाएको छ ।

कम्पनीले आफ्नो मोडल अनुसार ६ लाखसम्म नगद छुट, नयाँ वर्ष वोनस वोनस वापत स्क्र्याचकार्डमा परेको रकमको तीन गुणासम्म पाउने जनाएको छ । त्यस्तै हरेक गाडीको खरिदमा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी कर दिने कम्पनीले जनाएको छ ।

पुराना गाडी एक्सचेन्ज गर्ने ग्राहकको हकमा तुरुन्तै मूल्याङ्का र एक्सचेन्ज सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।

अहिले हुन्डाईले नेपाली बजारमा ग्राण्ड आई १० नियोस, अउरा, एक्सटर, आई २०, भेन्यू, क्रेटा, टुसान, शान्ता फे, प्यालीसेड, कोना इलेक्ट्रीक र आयोनीक-५ जस्ता मोडल बिक्री गर्दै आएको छ ।


Back_to_top