१० लाखसम्म छुटमा ग्रेटवालका कार

काठमाडौं । ग्रेटवाल मोटर्सका सवारीसाधनमा १० लाखसम्म छुट पाइने भएको छ । ग्रेटवालकाृ आधिकारीक बिक्रेता भिजी इम्पेक्सले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा ‘शानदार नववर्ष २०८१’ योजना सार्वजनिक गर्दै छुट दिने भएको हो ।

कम्पनीले ल्याएको स्कीममा हाभल–एच सिक्स, जोलायन, इलेक्ट्रीक ओरा ०३ र पावर पीकअप ग्राहकले खरिद गर्न सक्नेछन् । कम्पनीले गाडी अनुसार फरक छुटको व्यवस्था गरेको छ ।

कम्पनीले बिक्री गर्ने इलेक्ट्रीक ओरा ०३ मा नगद छुट, फ्री एसोसरिज, एक वर्षको बीमा, फास्ट चार्जर सहित ५ लाखसम्मको फाइदा दिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, हाभलका एच सिक्स र जोलायन एसयूभीमा ८ लाख ५० हजारसम्मको फाइदा ग्राहकले पाउने छन् । जसमा नगद छुट, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज दिने कम्पनीले जनाएको छ ।

सबैभन्दा धेरै छुट पावर पीकअपमा पाउने छन् । १० लाखसम्मको फाइदा सहित इलेक्ट्रीक सनरुफ, लेदर सिट, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा भएको पीकअप किन्न सकिने छ ।


Back_to_top