काठमाडौं । सेगवे नाइनबोटले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवशरमा न्यू इयर न्यू अफर २०८१ सार्वजनिक गरेको हो ।
सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले सेगवेका ई–स्कुटरहरूमा विशेष अफर अफर ल्याएको हो ।
कम्पनीले जारी गरेको नयाँ वर्ष स्कीममा १ वर्षको मर्मत शुल्क, स्कुटर कभर, १ वर्षको रोड टेष्ट फ्रि जस्ता धेरै स्कीमका साथै २५ हजारसम्मको नगद छुट रहेको छ ।
कम्पनीका अनुसार सेगवे इै १२५ र इ ११० एलमा २५ हजारसम्म नगद छुटका साथै, ई १०० मा २० हजार र एन १०० मा १५ हजार रुपैयाँ छुट उपलब्ध रहेको छ । यसका साथै, सेगवका ग्राहकले क्लब हिमालय नगरकोटमा १–रात २–दिनको बसाइ र स्कूटरका विभिन्न एक्सेसरीजहरू जित्ने मौका रहेको छ ।
यो योजनामा ग्राहकले आफुसँग भएको पुराना मोटरसाइकल तथा स्कुटरसँग सेगवेका नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् भने फाइनान्स सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्राहकहरूले उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुमबाट यो योजनामा सहभागी हुन सक्नेछन् ।