टेस्लाले पुरा गर्‍यो ६० लाख प्योर इलेक्ट्रीक कार उत्पादन

काठमाडौं । अमेरिकी प्रिमियम इलेक्ट्रीक कार उत्पादक टेस्लाले ६० लाख यूनिट प्योर इलेक्ट्रीक कार उत्पादन पुरा गरेको छ । अमेरिकी कम्पनीले पछिल्लो ६ महिनामा १० लाख यूनिट कार उत्पादन गरेसँगै कुल उत्पादन ६० लाख यूनिट पुगेको हो ।

चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले ७० लाख यूनिट कार उत्पादन पुरा भएको घोषणा गरेको थियो । बीवाइडीको घोषणाको केही दिन भित्रै टेस्लाले पनि ब्याट्री इलेक्ट्रीक भेहिकलहरु ६० लाख उत्पादन पुरा गरेको हो ।

बीवाइडीको उत्पादनमा प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक दुबै भेहिक छन् । तर, टेस्लाले भने प्योर ईभी मात्र उत्पादन गर्छ । टेस्लाले गत वर्षको सेप्टेम्बर १७ मा ५० लाखको बेन्चमार्क पार गरेको थियो ।

यहि गतिमा उत्पादन बढ्दै जाने हो भने टेस्लाले सन् २०२४ भित्रै ७० लाख यूनिट कार उत्पादन पुग्नेछ ।


Back_to_top