काठमाडौं । मोटरसाइकल चोरी हरेक दिन बढि रहेको छ । चोरी बढेसँगै प्रहरीको सक्रियतामा त्यस्ता गिरोहहरु पक्राउ पनि परिरहेका छन् ।
उपत्यकामा मोटरसाइकल चोरीको घटना बढ्न थालेसँगै प्रहरीको सक्रियाता पनि बढेको छ । चोरहरुले बजारमा चोरर ल्याएका ब्राण्ड न्यू
मोटरसाइकल ४० देखि ६० हजार र केही पुराना मोटरसाइकल २० देखि ३० हजारमा नै विक्री गर्ने गरेको पाइएको छ ।
कपनबाट मोटरसाइकलको जालो पहिल्याउँदै आएको प्रहरीको टोलीले डाँछीमा मोटरसाइकल चोरहरुलाई समात्न सफल भएको छ । मध्यरातमा मोटरसाइकल किन्ने ग्राहक बनेर आएको प्रहरीको टोलीले ३ जना चोरहरु सहित दुई मोटरसाइकल बरामद गरेको छ ।
‘हामीले सस्तो मोटरसाइकल विक्री गर्ने गिरोह सक्रिय भएको खबर पायौं । चौकीमा मोटरसाइकल चोरी भएको रिपोर्ट परेको थियो । त्यसैले कहाँ हुन सक्छ भनेर खोजी गर्दै जाँदा डाँछी एरियमा भएको थाहा पायौं, त्यसपछि कडा निगरानी गर्दै आफै किन्ने ग्राहक बनेर चोर समात्यौं’, सब इनिस्पेक्टर प्रेम लिम्बुले मेरोअटोसँग भने ।

लिम्बुका अनुसार उनिहरुले पहिले ९४ लटको पल्सर २२० को मूल्य २० हजार भने यो भन्दा राम्रो छैन भनेर कुरा गर्दै जाँदा ‘ब्राण्ड न्यू’ छ मूल्य भने दोब्बर ४० हजार पर्छ भने, त्यसपछि ल्याउन भन्यौ । उनिहरुले नम्बर प्लेटसमेत नभएको मोटरसाइकल ल्याए ।

त्यसपछि पक्राउ गर्ने क्रममा लामो समय लागेको उनले सुनाउदै भने, ‘हामी तीन जना थियौं । उनिहरु पनि ३ जना मुडभेड नै गर्नु पर्यो । करिब एक घन्टाको कडा मिहिनेतपछि समात्न सफल भयौ ।’


