येज्दीको एड्भेन्चर मोटरसाइकल देखियो, रोयल इनफिल्ड हिमालयनलाई चुनौती बन्न सक्ने

२०१८ मा जावाको पुनरागम पश्चात क्लासीक लेजेन्ड मोटरसाइकल येज्दीको पुनरागमन हुने भएको छ । महिन्द्रा गुप्रले क्लासीक लेजेन्डको स्वामित्व खरिद गरेपश्चात भारतमा जावाको पुनरागम भएको थियो ।

अब कम्पनीले येज्दी मोटरसाइकल ब्रान्ड भारतीय बजारमा उतार्ने भएको हो । जावा जस्तै येज्दीको पनि ३ कोडलका मोटरसाइकल परिक्षणका क्रममा धेरै पटक देखिएको छ । कम्पनीले एडेभन्चर, क्रुजर र स्क्याक्वलर तिन मोडलका मोटरसाइकल सहित भारतीय बजारमा पुनरागनम गर्ने भएको हो ।

येज्दीले सार्वजनिक गर्ने तयारी गरेको एड्भेन्चर मोटरसाइकलको फोटोसुटको क्रममा देखिएको छ । सार्वजनिक भएको तस्बीरमा कुनै स्टीकर देखिएको छैन् । यसका आधारमा यो मोटरसाइकल कम्पनीले सार्वजनिक गर्ने तयारी मोडल रहेको छ ।

येज्दी एड्भेन्चरको यसको प्रतिस्पर्धी मोटरसाइकल रोयलइनफिल्ड हिमालयनसँग धेरै समानाता देखिएको छ । यो मोटरसाइकलले हिमालयन लाई कडा टक्कर दिने अनुमान गर्न सकिन्छ ।यो मोटरसाइकलमा राउन्ड हेडल्याम्प, लामो विन्ड स्क्रीन, फ्रन्ड नोच (फेन्डर), ब्लबुस सेप फ्युल ट्याङक, स्प्लीट सिट सेटअप, रियरमा दुबैतर्फ बक्स ट्याङक जस्ता फिचर जस्ता सुबिधा यो मोटरसाइकलमा देखिएको छ ।
त्यस्तै यसको फ्रन्टमा लगाइएको क्रयास गार्डमा दुइवटा फ्युल जरिक्यान (जर्किन) लगाइएको छ । त्यस्तै यसको रियमा भएको बक्स र यसको जरिक्यानले यसलाई लामो यात्राका लागि कम्पनीले निर्माण गरेको बुझ्न सकिन्छ । यो बाइकमा नकल गार्डसमेत देखिएको छ ।

येज्दीमा जावा पेराकबाट इन्जिन लिइएको अनुमान गर्न सकिन्छ । यसका बारेमा कम्पनीले हालसम्म कुनै जानकारी बाहिर ल्याउको छैन् । पेराकमा ३३४ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ३०.६४ हर्सपावर तथा ३२.७४ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top