बीवाइडीको एशिया प्यासिफिक डिलर कन्फ्रेन्स २०२४ मा साइमेक्सलाई दुई अवार्ड

काठमाडौं । बीवाइडी अटो इन्डष्ट्रिजले चीनको सियानमा आयोजना गरेको एशिया प्यासिफिक डिलर कन्फ्रेन्समा साइमेक्स इंकले दुई अवार्ड जितेको छ । कम्पनीले एशिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड जितेको हो ।

यी दुई अवार्डसँगै साइमेक्स इंक बीवाइडीको एशिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त उल्लेखनिय उपलब्धीसँगै साइमेक्स इंकले चीनको सियानमै ‘नेपाल एनुअल डिलर्स मिट २०२४’ समेत आयोजना गरेको जनाएको छ ।

‘हामी बीवाइडीबाट सम्मानित भएका छौ । यो अवसर हाम्रो टिमको कडा परिश्रम र समर्पणको कारण सम्भव भएको हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवद्र्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरुमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौ’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने ।

उक्त अवसरमा साइमेक्सले सन् २०२४ को योजनासँगै नेटवर्क विस्तारलाई प्रस्तुत गरेको थियो । देशका विभिन्न १५ स्थानमा बीवाइडीले शोरुम संचालन गरिरहेको छ । थप ३ शोरुम बन्ने क्रममा रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top