लेक्सीको इलेक्ट्रीक यात्राः २७ देश, ३० हजार किलोमिटर, बन्यो वर्ल्ड रेकर्ड

काठमाडौं । जब इलेक्ट्रीक कारको चर्चासँगै मानिसको सोचाइमा आउने पहिलो कुरो रेन्ज हो । धेरै मानिसले अहिलेपनि इलेक्ट्रीक कारमा लामो दुरी यात्रा गर्न सकिदैन भन्ने मान्यता राख्छन् ।

झन नेपाल जस्तो चार्जिङ पूर्वाधार कम र भौगोलिक बिकटता भएको देशमा समस्या हुनेनै भयो । तर, योजनावद्ध तरिकाले यात्रा गर्ने हो भने इलेक्ट्रीक कारमा जहाँ पनि पुग्न सकिन्छ भन्ने प्रमाणित हुँदै गएको छ ।

एक महिला भ्लगर लेक्सी अल्फोर्डले इलेक्ट्रीक कारमा ३० हजार किलोमिटर यात्रा पुरा गरेर रेकर्ड बनाएकी छन् । ‘एड्भेन्चर लेक्सी लिमिट लेस’ नामले परिचित अल्फोर्डले इलेक्ट्रीक कारमा ६ महादेश, २७ देश र ३० हजार किलोमिटर यात्रा पुरा गरेर ‘वर्ल्ड रेकर्ड’ बनाएकी हुन् । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

लेक्सी संसारकै पहिलो महिला हुन्, जसले इलेक्ट्रीक कारमा सबैभन्दा लामो यात्रा गरेर रेकर्ड बनाइन् । उनले यसअघि सन् २०१९ मा २१ बर्षकै उमेरमा १९५ देशको यात्रा गरेर आप्mनो नाम गिनिज बुकमा लेखाएकी थिइन् ।

एड्भेन्चर लेक्सीले अल-इलेक्ट्रीक फोर्ड एक्सप्लोरर कारमा यात्रा गरेकी हुन् । यस यात्राको क्रममा लेक्सीले अफ्र्रिकामा बिजुलीको कमी, चिलीमा चार्जिङ स्टेशनको कमी, त्यो बाहेक कच्ची रोड, पहाडी क्षेत्र र भयानक चिसो छिचोल्दै यात्रा पुरा गरेको जनाएकी छिन् ।

लेक्सीले आफ्नाे साहसिक यात्रामा प्रयोग गरेको फोर्ड एक्सप्लोरर एक प्रि प्रोडक्सन मोडल हो । यसको लन्चकाे भर्खर तयारी हुँदैछ । उनले यात्रामा चार्ज गर्न २.२ किलोवाट क्षमताको एसी वाल चार्जर र डीसी फास्ट चार्जरको प्रयोग गरेकी थिइन् ।

फोर्डका अनुसार उक्त इलेक्ट्रीक एसयूभीले सिंगल चार्जमा ६०२ किलोमिटरसम्म रेन्ज दिनेछ । ३०० पीएस पावर र १८५ किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने यो एसयूभी पर्फमेन्सको लागि पनि परिचित छ ।

कम्पनीका अनुसार यो कारले मात्रै ५.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको रप्mतार पकड्न सक्षम रहेको छ । यस एसयूभीले करिब १२०० किलोग्रामसम्मको भार सजिलै तान्न सक्ने छ ।


Back_to_top