चांगानको सस्तो ईभी नेपाल आउने पक्का

काठमाडौं । चिनियाँ ब्राण्ड चांगानको सस्तो मूल्यको इलेक्ट्रीक कार नेपाल आउने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि कर्पले इलेक्ट्रीक मिनी कार लुमीन नेपाल ल्याउने भएको हो ।

चांगान गु्रपले हालै मात्र बैकक इन्टरनेशनल मोटर शोमा दिपल, अभतर र लुमीन ब्राण्डका ईभीहरु प्रदर्शनी गरेको थियो । त्यसमध्ये दिपलको हिजो आइतबारबाट नेपालमा बिक्री सुरु भएको छ ।

त्यसैगरी कम्पनीले आफ्नो बजेट ब्राण्ड लुमीनको उत्पादन पनि नेपाली बजारमा ल्याउने भएको हो । चांगान लुमीन मिनी कार हो । अहिले बजारमा उपलब्ध उलिङ एयर ईभी, एमजी कोमेट र सेरेस मिनीभन्दा केही ठूलो साइज तर, तीन ढोका भएको मोडल नै नेपाल आउने भएको हो ।

लुमीन ईभीको लम्बाई ३२७० एमएम, चौडाई १७०० एमएम, उचाई १५४५ एमएम छ । यसमा १९८० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । लुमीन उलिङ एयर ईभीभन्दा लम्बाईमा २९६ एमएम, चौडाईमा १९५ एमएमले ठूलो छ ।

चार जना यात्रुले आरामदायी रुपमा यात्रा गर्न सक्ने यो कारमा १०४ लिटरको बुटस्पेश छ । थाइल्याण्डमा प्रदर्शन गरिएको स्पेक अनुसार यो कारमा ४८ हर्स पवार क्षमताको (३५ किलोवाट) इलेक्ट्रीक मोटर छ ।

यसमा रहेको ब्याट्री सीएटीएलले उत्पादन गरेको २८ किलोवाट आवरको छ । नयाँ मिनी कारमा प्रोजेक्टर हेलोजीन हेडल्याम्प, एलइडी टर्न सिंनल, १४ इन्चको ह्वील, किलेस इन्ट्री, पुस स्टार्ट, ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट प्यानल, १०.२५ इन्चको सेन्टर टचस्कृन, रिभर्स क्यामरा, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, २ वटा एयरव्याग, इएसपी जस्ता फिचर छन् ।

चिनियाँ बजारमा ८ हजार ५०० अमेरिकी डलर सुरुवाती मूल्य रहेको लुमीन ईभीले डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।


Back_to_top