बीवाइडी सिगल नेपालमा एटो-वान नामबाट बिक्री हुने, भोलि सार्वजनिक हुँदै

काठमाडौं । बीवाइडीको कम्प्याक्ट ह्याचव्याक कार सिगल नेपालमा एटो-वान नामबाट बिक्री हुने भएको छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले भोलिबाट सुरु हुने नाइमा मोविलिटी एक्स्पोबाट एटो-वानको बिक्री सुरु गर्ने भएको हो ।

अहिलेसम्म कम्पनीले आधिकारीक रुपमा जानकारी नदिएपनि एटो-वान स्ट्याण्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा आउने छ ।

यो कारको स्ट्याण्डर्डमा ३०.०८ किलोवाट अवार र प्रिमियममा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः ३०० र ३८० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ । यसलाई ४५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नेपालमा बिक्री थाल्ने अनुमान गर्न सकिन्छ ।

इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतिक्षा गरिएको मोडल हो । सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।

मिलिमस्टिक डिजाइन रहेको बीवाइडी एटो-वानमा हाइटेक स्मार्ट ककपिट रहेको छ । यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने १०.१ इन्चको इन्टेलिजेन्ट टचस्क्रीन छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पाउन सकिन्छ ।

नेपालीमा बजारमा सिगलको सिधा प्रतिस्पर्धा टाटा टियागो, विलिङ बिंगोसँग हुनेछ । यसको मूल्य २५ देखि ३० लाख रुपैयाँ आसपासमा हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top