काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो विद्युतीय कारमा न्यू इयर फ्ल्यास सेल्स लगाएको छ । कम्पनीले देशभर रहेका भाटभटेनी स्टोरहरूमा फ्ल्यास सेल्स लगाएको हो ।
कम्पनीका अनुसार न्यू इयर फ्ल्यास सेल्समा गाडी बुकिङ गर्ने पहिलो ५० ग्राहकले विशेष स्कीम पाउने कम्पनीले जनाएको छ । आज बिहानैबाट उपभोक्ताले निकै राम्रो प्रतिक्रिया जनाएको कारण संख्या वृद्धि गरिएको कम्पनी स्रोतले जानकारी दियो ।
काठमाडौं उपत्यकाको टोखा, साना गाउँ, पाटन, कलंकी, भक्तपुरको राधेराधे, भैरहवा, नेपालगंज, धनगढी, इटहरी, बिरगंज र जनकपुरमा रहेको स्टोरहरूका न्यू इयर सेल्स लागेको हो ।
साइमेक्स इंकका अनुसार न्यू इयर फ्ल्यास सेल्स कम्पनीले बिक्री गर्ने सबै मोडलमा उपलब्ध हुनेछ । कम्पनीले लगाएको स्कीममा विशेष नगद छुट, निःशुल्क एशोसरिज, १ वर्षको निःशुल्क बीमा, एक वर्षका सवारी कर र १० वर्ष वा २ लाख किलोमिटरसम्मको एक्सटेन्डेड वारेन्टी प्रदान गर्ने जनाएको छ ।
नेपाली बजारमा बीवाइडीले बिक्री गर्दै आएको एटो वान, एटो टु, एटो थ्री, सिलायन सेभेन जस्ता मोडलमा उपभोक्ताले स्पेशल स्कीम पाउने छन् ।

