काठमाडौं । बीवाइडीले आफ्नो लाइनअपकै सबैभन्दा सानो कार राक्को सार्वजनिक गरको छ । जापानको टोकियोमा चलिरहेको ‘जापान माविलिटी शो’मा कम्पनीले सिटी कार राक्को सार्वजनिक गरको हो ।
जापानमा अबको केही महिना भित्रै बिक्री सुरु हुने राक्को केई कारको रुपमा बिक्री हुनेछ । जापानमा केई कारको बजार हिस्सा १ तिहाई रहेको तथ्यांकमा देखिन्छ । बीवाइडीले राक्को ह्याचव्याक कारको मूल्य १७ हजार अमेरिकी डलर तोकिएको छ ।
इन्टेरियरमा ककपिट फिचरको इन्ट्रुमेन्ट प्यानल र सेन्टर टचस्कृन रहेको छ । यसमा थ्री स्पोक स्टेरिङ ह्वील र ड्यासबोर्डमा रेक्ट्राङ्गुलर सेपमा एयरकण्डिसन प्रयोग गरिएको छ ।
बीवाइडी राक्कोको डिजाइन परम्परागत जापानीज सिटी कारहरुको जस्तै स्क्वायर र फोर कर्नर एक्सटेरियर डिजाइन छ । चार ढोके रोक्को कारको पछाडि भने स्लाइडिङ डोर पाउन सकिन्छ ।
सिटी कारको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १८०० एमएम छ । चार जना यात्रुले आरामदायी यात्रा गर्न सक्ने कार निकै आकर्षक देखिएको छ ।
बीवाइडी राक्कोको फ्रन्टमा क्लोजअफ ग्रिल र सी आकारको हेडलाइट डिजाइन दिइएको छ । रियरमा सर्कुलर थ्रू टाइप टेललाइट र सेन्टरमा इलुमिनेट बीवाइडीको लोगो प्रयोग भएको छ ।
रोक्को ह्याचव्याकमा २० किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । जसले सिंगल चार्जमा १८० किलोमिटरसम्म यात्रा गर्न सकिने डब्लुएलटीपी टेस्टले देखाएको छ ।
सानो सिटी कार भएपनि राक्कोलाई १०० किलोवाटकोे डिसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा प्रयोग हुने मोटरको विषयमा कुनै जानकारी दिएको छैन ।
जापानमा सानो सिटी कारको रुपमा होण्डाको एनबक्स र निसान साकुरा बिक्री भइरहेको छ ।


