काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले ९० लाख न्यू इनर्जी भेहिकल उत्पादन गरेको छ ।
कम्पनीले बुधबार ९० लाखौं भेहिकलको रूपमा याङवाङ यू ९ सुपर कार रोलआउट गरेको हो ।
कम्पनीले ८० लाख युनिट उत्पादन गरेको दुई मात्र भएको छ । बीवाइडीले थाइल्याण्ड प्लाण्ट उद्घाटन गर्दा ८० लाख एनईभी उत्पादन भएको सेलेबे्रसन गरेको थियो । यही आधारमा कम्पनीले सन् २०२४ भित्रै १ करोड गाडी उत्पादनको रेकर्ड बनाउने पक्का भएको छ ।
बीवाइडीले सन् २००८ मा पहिलो न्यू इनर्जी भेहिकल उत्पादन गरेको थियो । बीवाइडीको पहिलो एनईभी एफ ३ डीएम मोडल रहेको थियो ।
कम्पनीले २००८ बाट उत्पादन सुरू गरेकोमा २०२१ को मे महिनामा मात्र आएर १० लाख युनिट उत्पादन गर्न सकेको थियो । उक्त समयपछि कम्पनीले अर्को ८० लाख गाडी उत्पादन गर्नका लागि मात्र ३ वर्ष लागेको हो ।

