बीवाइडी बन्यो सर्वाधिक ‘मार्केट क्याप’ भएको तेस्रो ब्राण्ड

काठमाडौं । विश्वका कार निर्माताहरुको मार्केट क्यापिटलाइजेशनमा बीवाइडी तेस्रो ठूलो कम्पनी बनेको छ । अमेरिकी ब्राण्ड टेस्ला विश्वकै सर्वाधिक मार्केट क्याप भएको कम्पनी हो भने दोस्रो स्थानमा जापानी ब्राण्ड टोयोटा र तेस्रो स्थानमा बीवाइडी आएको हो ।

यसअघि तेस्रो स्थानमा रहेको फक्सवागेन चौथो स्थानमा पुगेको छ । मार्केट क्यापको हिसावले बीवाइडी ठूला १०को सूचीमा पर्ने एउटा मात्रै चिनियाँ ब्राण्ड हो । अन्य चिनियाँ ब्राण्ड ग्रेटवाल मोटर्स ११ औं, एनआईओ १३ औं र एसएआईसी १६ औं स्थानमा रहेको छ ।

आफ्नो सम्पूर्ण आइसी इन्जिन भएका गाडीको उत्पादन बन्दै गर्दै पूर्ण इलेक्ट्रीक र हाइब्रिड गाडी मात्रै उत्पादन गर्ने घोषणा गरेको बीवाइडीको बजार हिस्सा लगातार बढ्दै गएको छ । बीवाइडीले प्यासेन्जर कारको विक्रीमा ठूलो सफलता पाइरहेको छ । कम्पनी मे २०२२ मा मात्रै १ लाख १४ हजार १८३ यूनिट कार विक्री गरेको थियो ।

जुन महिना सुरु भएपछि सार्वजनिक भएकाे मार्केट क्याप

अहिले सबैभन्दा धेरै मार्केट क्याप भएको टेस्लाको ७४२ बिलियन, दोस्रो स्थानको टोयोटाको २२८ बिलियन र तेस्रो स्थानमा रहेको बीवाइडीको १३१ बिलियन अमेरिकी डलर रहेको छ ।


Back_to_top