काठमाडौं । सन् २०२२ अक्टोबरबाट थाइल्याण्डमा विक्री सुरु भएको बीवाइडी एटो-३ले निकै राम्रो सफलता पाएको छ । बीवाइडीले पाएको उत्साहजनक सफलतासँगै सेप्टेम्बरमै थाइल्याण्डको इन्ड्रष्टीयल एरियामा प्लान्ट स्थापनाका लागि जग्गा खरिद सम्झौता समेत भएको थियो ।
बीवाइडीले सन् २०२४ बाट संचालनमा ल्याउने थाइल्याण्डको प्लान्टबाट बार्षिक १ लाख ५० हजार यूनिट कार उत्पादन गर्ने लक्ष्य बनाएको छ । छोटो समयमा बीवाईडीले १० हजारभन्दा बढी एटो-३ थाइल्याण्ड पठाएको जनाएको छ । गत शनिबार मात्रै बीवाइडीले एकै पटक ८ सय यूनिट एटो-३ थाइल्याण्ड पठाएको थियो । सन् २०२२ मा आएको बीवाईडी एटो-३ चीनभन्दा बाहिर ४० हजार यूनिट निर्यात भएको छ ।
बीवाइडीले थाइल्याण्ड, अष्ट्रेलीया, इजारायल, सिंगापूर, जापान, भारत, नेपाल लगायत एशियाली देशमा एटो ३ विक्री गर्दै आएको छ । कम्पनीले छिट्टै यूरोपका नर्वे, डेनमार्क, स्वीडेन, नेदरल्याण्ड, बेल्जीयम, जर्मनी, फ्रान्स र युके जस्ता युरोपियन मुलुकमा प्रवेस गर्ने तैयारी गरिरहेको छ । एटो-३ ले युरोपियन एनक्याप क्रयास टेष्टमा ५ स्टार रेटिङ समेत पाइसकेको छ ।
बीवाइडीले एटो-३ लाई नयाँ ड्राइगनफेस ३.० डिजाइन ल्याङ्वेजमा विकास गरेको हो । यसको एक्टेरियर स्लीक र क्यावीन स्पेसियस छ । स्पोर्टस् तथा म्युजिक थीममा बनेको एटो-३ मा १२.८ इन्चको विशाल इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
एटो-३ एसयूभीमा ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ वटा एयरव्याग तथा हवाइजहाजको ककपिटको जस्तो डिजाइनको ड्यासबोर्डले धेरैलाई आकर्षित गर्न सक्षम रहेको छ ।
बीवाइडी एटो-३मा १५० किलोवाटको मोटर रहेको छ । यसले जम्मा ७.२ सेकेन्डमै यो एसयूभीलाई १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा पुर्याउन सक्छ । यो एसयूभीमा ५०.१ किलोवाट आवर र ६०.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।

