काठमाडौं । विश्वको सबैभन्दा ठूलो कार मार्केट चीनमा सन् २०२५ को पहिलो ६ महिनामा उत्साहजनका कार बिक्री भएको तथ्यांक बाहिर आएको छ ।
चिनियाँ कार कम्पनीहरूले सार्वजनिक गरको तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म ९० लाख युनिट कार बिक्री भएको हो ।
यो संख्या चीनका ६ अटो लिडिङ कम्पनीको मात्रै हो । यस अवधिमा धेरै कम्पनीहरूले मासिक बिक्रीको नयाँ रेकर्ड बनाउन सफल भएको छन् ।
यस अवधिमा बीवाइडी र एसएआईसी ग्रुपको बिक्री २० लाख भन्दा धेरै भएको छ । जसमा बीवाइडीले सबैभन्दा धेरै २१ लाख ४६ हजार युनिट कार बेचेको छ । त्यस्तै, एसएआईसीले दोसे धेरै २० लाख ५३ हजार युनिट कार बिक्री गरको छ । यो बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ३३ र १२ प्रतिशतले बढी हो ।
बीवाइडीले अन्तर्राष्ट्रिय बजारको बिक्री पनि ह्वात्तै बढाएको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिकोभन्दा २३० प्रतिशत बढी संख्यामा गाडी निर्यात गरेको हो । बीवाइडीले सन् २०२५ को ६ महिनामा ४ लाख ७० हजार कार निर्यात गरेको छ ।
त्यसैगरी, जिली अटोले १४ लाख ९ हजार युनिट कार बिक्री गरेको छ । जिलीको बिक्रीमा ५१ प्रतिशत भन्दा बढी हिस्सा न्यू इनर्जी भेहिकलको रहेको छ ।
त्यस्तै, चाँगन १३ लाख ५५ हजार युनिट, चेरी ग्रुप १२ लाख ६० हजार र ग्रेटवाल मोटर्सले ५ लाख ६९ हजार ८०० युनिटसहित क्रमशः शीर्ष ६ स्थानमा छन् ।