संसारमै सबैभन्दा धेरै कार चोरी हुने देश जर्मनी (तथ्यांक सहित)

काठमाडौं । सुन्दा अचम्म लाग्छ । यूरोपको पावर हाउस भनेर चिनिने देश जर्मनी विश्वकै सबैभन्दा धेरै कार चोरी हुने गरेको छ । त्यसमा पनि चोरहरुको सबैभन्दा धेरै निसानामा ल्याण्डरोभर पर्ने गरेको छ ।

सन् २०२१ मा मात्रै मर्जनीमा ९ हजार ८०५ यूनिट कार चोरी भएको थियो । तथ्यांक अनुसार अझ अहिले चोरी घटेको हो । सन् १९९० मा त एक लाख यूनिटसम्म कार चोरी भएको थियो ।

जर्मनी त्यसैपनि कारको हब मानिन्छ । मर्सिडिज, बीएमडब्लू, फक्सवागेन, अउडी, पोर्श्चे जस्ता चर्चित ब्राण्ड उत्पादन गर्ने देशमा चोरको नजर भने ल्याण्डरोभरमा पर्ने गरेको देखिन्छ ।

सन् २०२१ मा भएको चोरी तथ्यांक राख्न थालिएदेखि कै सबैभन्दा कम भएको देखिन्छ । सन् २०२० मा १० हजार ७९७ यूनिट कार चोरी भएको जर्मनीमा २०१९ मा १४ हजार २२९ यूनिट चोरी भएको थियो । अहिले पनि दैनिक ५ लाख पाउण्ड पर्ने कार जर्मनीमा चोरी हुने गरेको छ ।


Back_to_top